पर्यटनः कर्णाली समृद्धि र पहिचानको मुख्य आधार

कर्णाली प्रदेशमा थुप्रै पर्यटकीय सम्पदाहरु छन । कर्णालीका १० जिल्लामा बिभिन्न ऐतिहासिक पुरातात्वीक र धार्मिक स्थलहरु भएपनि पर्यटकीय स्थलहरुको उचित व्यवस्थापन, प्रचार प्रसारहुन सकेको छैन । प्रमुख पर्यटकीय गन्तव्यहरुमा अहिले सुधारका कामहरु भएका छन् केही ऐतिहासिक स्थलहरु बाहेक अहिले पनि अन्य सम्पदाहरुको खोजि हुन सकेको छैन ।
दश जिल्लामा लुकेर रहेका पर्यटकीय स्थलहरुलाई खोजि गर्ने व्यवस्थापन गर्ने प्रचार प्रसार गर्ने कामका लागि कर्णाली प्रदेश सरकारले पर्यटन वोर्ड गठन गरेपछि यसको प्रभाव राम्रो पर्ने देखिन्छ । हरेक जिल्लामा हुने पर्यटन प्रवद्र्धन समितिले प्रभावकारी काम गर्न सकेमा कर्णालीको गरिवी हटाउने मुख्य स्रोत पर्यटन बन्न सक्ने देखिन्छ । रोग गरिवीको पीडाले चिनिएको कर्णालीलाई अव कर्णाली प्रदेश सरकार सम्बन्धित निकाय र त्यसको नेतृत्व गरिरहेको पर्यटन मन्त्रालयले सडक संजाल, भौतिक पूर्वाधार विकास, होटेल र होमस्टेको प्रभावकारीता बढाउदै लैजानु पर्ने देखिन्छ ।
संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि कर्णाली पर्यटनको पहिलो रोजाई बनाउनुपर्ने देखिन्छ कर्णाली प्रदेशले पनि कर्णालीमा एक लाख पर्यटक भिœयाउने महान लक्ष्य लिएको छ । कर्णाली प्रदेशमा रहेका ऐतिहासिक, पुरातात्वीक र धार्मिक स्थलहरुको छुट्टाछुट्टै पर्यटकीय गन्तव्य घोषणा गरेर जानुपर्ने देखिएको छ कर्णालीमा आउने पर्यटकहरु कम्तिमा दश दिन सम्म बस्न सक्ने वातावरणको तयारी थाल्नुपर्ने देखिन्छ । यसका लागि सडकहरुको स्तरोन्नती, ,सुरक्षित बासस्थान र अतिथि सत्कारका लागि आवश्यक पहल थाल्न सके गरिवीले चिनिएको कर्णाली समृद्धि र पहिचानको मुख्य आधार बन्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार